२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

विश्वप्रकाशको प्रश्न : ‘संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश ?’

काठमाडौं- प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्ने विषयमा सोमबार सदनमा भएको गतिविधिबारे सत्तापक्ष र विपक्षी दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिइइरहेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न दिएको आदेशबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘मन्त्रीको उत्तेजक आदेश अनधिकृत, असंसदीय र आपत्तिजनक’ भनेका छन् ।

मंगलबार ट्वीट गर्दै शर्माले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्– अरुले गरे बेठिक आफ्नाले गरे ठिक रु कता हुनुन्छ नेकपा प्रवक्ता ।’

उनले लेखेका छन, ‘कुर्सी तोडफोड गलत, कांग्रेस प्रवक्ता बोल्ने, मन्त्रीको उत्तेजक आदेश गलत, नेकपा प्रवक्ता किन नबोल्ने रु संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?

सोमबार सदनमा कांग्रेस सांसदहरु ध्वंसात्मक गतिविधिमा उत्रिएपछि मन्त्री केसीले संसद बैठकको मर्यादा गर्न उभिएका मर्यादापालकलाई पटक पटक हातले तान्दै विरोधमा उत्रिएकाहरुलाई लतारेर बाहिर निकाल्न दिएको निर्देशन दिएका थिए ।

विश्वप्रकाशको प्रश्न: ‘संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश ?’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ आश्विन २०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP