२०८१ बैशाख ५, बुधबार
April 17, 2024, Wednesday
प्रदेश ५ राजधानी विवाद

नेकपाले गलत निर्णय गरेको भन्दै २२ सय ४९ सदस्यद्वारा पार्टी परित्याग

काठमाडौं । प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले गलत निर्णय गरेको भन्दै करिब २२ सय ४९ नेकपा समर्थित उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङको भालुबाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । नेकपा समर्थित उद्योगी व्यवसायीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारको उक्त प्रस्ताव फिर्ता गर्न माग गरेका छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले राजनीतिक स्वार्थपूर्तिका लागि राजधानी सार्न खोजिएको बताएका छन् । उनले चुनावका बेलामा बुटवललाई प्रदेशको राजधानीमा बनाउने प्रतिबद्धताविपरीत प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश राजधानीमा बनाउन लागेको बताए ।

उनले यसअघि गरिएको प्रतिबद्धताविपरीत पार्टीले गरेको निर्णयविरुद्ध आफू पार्टी सदस्य एवं कुनै पनि जिम्मेवारीमा नबस्‍ने घोषणा गरिएको बताए । उनी नेकपाको नगर कमिटी सचिवालय सदस्य पनि हुन् ।

यस्त होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जीसीले कुनै पनि हालतमा प्रदेश सरकारले राजधानी सार्ने प्रस्ताव फिर्ता गर्नुपर्ने बताए । यो विधेयक कुनै पनि हालतमा फिर्ता गराउन आफूहरुले पार्टी परित्यागको घोषणा गरेको व्यवसायीहरुको भनाइ छ । यदि विधेयक फिर्ता हुँदैन भने पार्टीमा बसिराख्नुको औचित्य नहुने उनीहरुले बताए ।

पत्रकार सम्मेलनमा नेकपा समर्थित उद्योगी व्यवसायीले पार्टीले प्रदेश सांसदहरुलाई ‘भेडा बाख्रा’ बनाएको आरोप पनि लगाएका छन् । नेपाली कांग्रेसका सांसदहरुले आन्दोलन गरिरहँदा नेकपाका सांसदहरु भने विरोधमा बोल्नसमेत नसकेको आरोप उनीहरुको छ ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ आश्विन २०

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP