२०७७ चैत्र २९, आईतवार
April 11, 2021, Sunday

काठमाडौंका पत्रकारको आन्दोलनमा प्रेस युनियन कैलालीको ऐक्यवद्धता

काठमाडौं – पेशागत सुरक्षाको माग राख्दै काठमाडौँका पत्रकारहरुले सुरु गरेको आन्दोलनमा प्रेस युनियन कैलालीले ऐक्यवद्धता जनाएको छ।

आन्दोलनमा ऐक्यवद्धता जनाउन प्रेस युनियन कैलालीको टोली काठमाडौँको नयाबानेश्वरस्थित सडकमै जारी रहेको पत्रकारको रिले अनसनस्थलमा पुगेको थियो।

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वको टोलीले अनसनरत पत्रकारलाई भेटेर आन्दोलनमा ऐक्यवद्धता जनाएको हो।

अध्यक्ष देउवाले लोकतन्त्र स्थापनाका लागि लडेका पत्रकारहरु पेशागत सुरक्षाका लागि अनसन बस्नुपर्ने बाध्यता अझै कायम रहनु दुःखद पक्ष रहेको बताए ।

हाल विभिन्न सञ्चार माध्यमहरुले कोरोना महामारीको कारण देखाउँदै पत्रकारहरुलाई जागिरबाट निकाल्ने, पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न बाध्य पार्ने गरेर दुःख दिइरहेका छन् । तर लामो समयसम्म काम गरेर संस्थालाई बलियो बनाउने पत्रकारहरुलाई अप्ठ्यारोमा साथ नदिने सञ्चार माध्यमको रबैयाविरुद्ध पत्रकारहरु रिले अनसनमा छन्।

Related News

पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
पत्रकार बमद्वारा जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाका लागि सहयोग
  • २०७७ आश्विन २०

डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...

रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
रहेनन् कांग्रेस नेता नविन्द्रराज जोशी
  • २०७७ आश्विन २०

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...

केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
  • २०७७ आश्विन २०

प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...

TOP