डोटी- नेपाली कांग्रेस केन्द्रीय कोभिड- १९ अनुगमन समितिले प्रत्यक जिल्लामा सूचना संयोजक तोकेको छ । कोभिड – १९ को अवस्था बारे अनुगमन, रिपोर्टिङ र रोग नियन्त्रणका लागि आवस्यक समन्वय गर्न देशका सबै जिल्लाहरुमा संयोजक तोकेको हो ।
केन्द्रीय कोभिड- १९ अनुगमन समितिको बैठकले डोटी जिल्लाका लागि कोभिड १९ संक्रमण सूचना संयोजकमा जितबहादुर खड्कालाई मनोनयन गरेको छ । कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोभिड -१९ अनुगमन समितिले नेता खड्कालाई डोटीको संयोजकमा मनोनयन गरेको हो ।
नेता खड्का नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य तथा गृह प्रशासन संगठन प्रमुख हुन् ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...