काठमाडौँ – सरकारले मुख्य सचिवमा शंकरदार वैरागीलाई नियुक्त गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो। मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी दिए।
परराष्ट्र सेवाबाट मुख्य सचिव हुने वैरागी पहिलो व्यक्ति हुन्।
त्यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ।
मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै यही अशाेज २१ गते नियमति अवकास पाउँदै गरेका शंकरदास वैरागी मुख्य सचिव बनाएको हो।
प्रधानन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार रेग्मीले कार्याकाल सकिनुभन्दा दुई हप्ता अघि राजीनामा दिएर वैरागीका लागि बाटो खोलिदिएका हुन्। मुख्यसचिवका रुपमा रेग्मीको तीन वर्षे कार्यकाल कात्तिक ३ गतेसम्म थियो।
रेग्मीले राजीनामा दिएपछि अशाेज २१ गते सचिवको पाँच वर्षे कार्याकाल पूरा गर्दै वैरागीसँगै सचिवहरु मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारीले पनि अवकास पाउँदै थिए।
रेग्मीको राजीनामापछि सापकोटा र अधिकारी पनि मुख्य सचिवको दाबेदार भए पनि वैरागी नियुक्त भएका हुन्।
निजामति सेवा ऐन २०४९ अनुसार मुख्य सचिवका रुपमा तीन वर्ष र सचिवका रुपमा पाँच वर्ष काम गर्न पाउने व्यवस्था छ। उमेर हद भने सबैका लागि ५८ वर्ष नै रहने व्यवस्था छ।
रेग्मीले अशाेज २२ पछि राजीनामा दिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी स्वत मुख्यसचिव दावेदार बन्ने थिए।
वैरागी मुख्य सचिव भएपछि परराष्ट्र मन्त्रालयको सचिवमा वरिष्ठतम सहसचिव भरतराज पौडेलले नियुक्ति पाउने भएका छन् ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...