बझाङ– बलात्कारपछि हत्या गरिएकी सम्झनाका बुवामा कोरोना संक्रमण पुष्टि छ । छोरीको बलात्कारपछि हत्या भएको थाहा पाउने वित्तिकै भारतबाट बझाङ आएका उनका बुवा विकास कामीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा उनका बुवामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएपछि उनी जिल्ला सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसेकाछन् ।
हत्या भएको सात दिन बितिसक्दा पनि परिवारले शव बुझ्न मानेको छैन । सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । घटना भएको भोलिपल्ट नै पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।
शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...