काठमाडौं- महिला सांसदहरु बलात्कारीलाई कडाभन्दा कडा सजायको माग गर्न संगठित भएका छन्। सोमबार भएको महिला सांसदहरुको भेलाले बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन लबिङ गर्ने निर्णय गरेको छ।
उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्।
भेलाले सत्तारुढ दल नेकपाकी सांसद बृन्दा पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको छ। समितिमा नेकपाकै शान्ता चौधरी, नेपाली कांग्रेसकी पुष्षा भुसाल, जसपाकी प्रमिलाकुमारी यादब, नेकपाकी निरुदेवी पाल, नेकपाकै पार्वती थापा र र नेपाली कांग्रेसकी लक्ष्मी परियार छन्।
भेलाका सहभागी महिला सांसदले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिन र जुनसुकै बलात्कारका घटनाका दोषीको लिङ्ग छेदन गर्न सुझाव दिएको हो।
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी...
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...