२०७७ मंसिर ११, बिहीबार
November 26, 2020, Thursday

सेती अस्पतालको परिक्षणमा थप ३४ जनामा कोरोना पुष्टि

कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा सोमबार २ सय ३३ जनाको कोरोना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको परिक्षणमा कैलालीका २६ जना र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जना, जोशीपुर गाउँपालिकाका ६ जना र घोडाघोडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का ७ जना र शुक्लाफाटा नगरपालिका–९ का एक जनामा कारोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

Related News

वन मन्त्रालयले ९६८६ रुख काट्न  किन दियो अनुमति
वन मन्त्रालयले ९६८६ रुख काट्न किन दियो अनुमति
  • २०७७ आश्विन १२

कैलाली- सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । कैलालीको...

काठमाडौंमा भारतीय विदेश सचिव  श्रृंगला : आजै उच्चस्तरीय भेटघाट गर्ने
काठमाडौंमा भारतीय विदेश सचिव श्रृंगला : आजै उच्चस्तरीय भेटघाट गर्ने
  • २०७७ आश्विन १२

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका छन् ।   परराष्ट्रसचिव भरतराज पौड्यालको...

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ आश्विन १२

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

TOP