२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित नेविसंघको प्रदर्शन : ६ जना पक्राउ

चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो।

नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन्। 

नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेर प्रहरीले मालीगाउँमा राखेको काफ्लेले जानकारी दिए।

पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ।

नेविसंघका नेता मनिष सिंखडाका अनुसार ‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरिएको हो। उनीहरूले हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले हालै गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्।

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ आश्विन १२

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ आश्विन १२

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ आश्विन १२

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP