धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ८७ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिकाका–३ का दुई जना, वडा नम्वर १, ८ र १७ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
यसै गरी कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका दुई÷दुई जनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका तीन÷तीन जना, अछामको मेल्लेख–६ का एक जना र ठेगाना नखुलेका एक जनामा समेत मंगलबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...