२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday
अपिहिमालमा वैकल्पिक शिक्षण सुरु

दार्चुलाको अपीहिमाल र दुहु गाउँपालिकामा विद्यालय सञ्चालन गर्ने तयारी

दार्चुला- जिल्लाको अपीहिमाल र दुहु गाउँपालिकाले असोजबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी थालेका हुन् । गाउँपालिकामा अहिले कोरोना संक्रमित नदेखिएको भन्दै विद्यालय सञ्चालनको तयारी भएको हो ।

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ असोज ८ गतेदेखि विद्यालय खोल्ने तयारी भएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सबै सुरक्षा मापदण्ड अपनाएर शिक्षण संस्था सञ्चालनको तयारी गरिँदैछ,’ उनले भने, ‘सुरक्षा सामग्री गाउँपालिकाले उपलब्ध गराउने छ ।’ विद्यालयका शिक्षकहरुलाई सुरक्षा सतर्कता पूर्ण रुपमा अपनाउन भनिएको उनको भनाइ छ ।


स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक सामाजिक दूरी कायम गरी सिफ्ट अनुसार कक्षा सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख हेमराज जोशीले बताए । विकट क्षेत्रमा अन्य माध्यमबाट विद्यार्थीको पढाई सञ्चालन गर्न नसकिने देखिएपछि नियमित कक्षा सञ्चालन सुरु गर्ने तयारी भइरहेको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यक्रम विद्यालयमा पढाइ सुरु गरिने उनले बताए ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको स्थानीय तहले जनाएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालयहरु खुल्न नसक्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अहिले हरेक स्थानीय तहले वैकल्पिक शिक्षण विधिको उपाय खोज्न थालेका छन् ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले सिकाई सहजीकरण कार्ययोजना पेश गर्न सबै विद्यालयलाई निर्देशन गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिकाहरुलाई विद्यालय अथवा विद्यालयबाहिर सिकाई केन्द्र रहने गरी कार्ययोजना असोज ९ गतेभित्र पेश गर्न भनेको छ । सिकाई सहजिकरणका लागि स्थानीय अभिभावकको कम्तीमा ५० प्रतिशत उपस्थितिसहितको कार्ययोजना पेश गर्नुपर्ने छ ।

अपिहिमालमा वैकल्पिक शिक्षण सुरु
अपिहिमाल गाउँपालिकाले सोमबारबाट वैकल्पिक शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरेको छ । हाल गाउँपालिकामा कोरोना संक्रमण नदेखिएपनि सरकारले तत्काल विद्यालय खोल्न अनुमति नदिँदा गाउँपालिकाले विद्यालयहरुमा वैकल्पिक शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।

सबै विद्यालयका प्रधानाध्यापक एवं शिक्षा शाखाको संयुक्त बैठकले सोमबारबाट वैकल्पिक शिक्षण विधिबाट शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । विद्यालयमा विद्यार्थीहरुको सामाजिक भौतिक दूरी कायम गर्ने, मास्कको प्रयोग तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैकल्पिक शिक्षण गर्न निर्देशन दिइएको उनले बताए ।

Related News

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो :  बलायर
पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर
  • २०७७ आश्विन ६

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।...

पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
  • २०७७ आश्विन ६

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्। पुल...

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
  • २०७७ आश्विन ६

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा...

TOP