काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना पुष्टि भएको छ।
९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३२५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। याे सहित नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे कुल संख्या ६४ हजार १२२ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९६६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ रहेको मन्त्रालयले जानकारी दिएको छ।
हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ४५१ जना बसिरहेका छन्।
हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या १७ हजार ४७८ रहेकाे छ।
पछिल्लाे २४ घण्टामा नेपालमा काेराेनाबाट १० जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४११ पुगेकाे छ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...