काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् ।कोरोनामुक्त भएपछि चाबहिलको ओम अस्पतालले उनलाई शनिबार मध्यान्ह डिस्चार्ज गरेको छ ।
भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका कोइरालालाई गत मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर अस्पतालले उपचार गरेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि महामन्त्री डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।”
उनले उपचारमा संलग्न चिकित्सक र स्वास्थय अवस्थाबारे चिन्ता र शुभेच्छा तथा स्वास्थ्य लाभको कामना गर्ने सबै प्रति आभार व्यक्त गरेका छन् ।
“मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु,” महामन्त्री डा. कोइरालाले भनेका छन् ।
डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...