२०७९ मंसिर २३, शुक्रबार
December 9, 2022, Friday

कोरोना अपडेटः संक्रमित ५९ हजार ५७३, निधन ३८३, डिस्चार्ज ४२ हजार ९४९

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४, सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका ११, काठमाडौँका ५०७, काभ्रेका २, चितवनका १०१, दोलखाका ३, धादिङका २, नुवाकोटका १, भक्तपुरका ५०, मकवानपुरका ६३, रामेछापका १ र ललितपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका १६, गोरखाका ३, तनहुँका २, नवलपरासीपूर्वका १५, लमजुङका १, बागलुङका ४, स्याङ्जाका १, कपिलवस्तुका १, गुल्मीका १, दाङका १, नवलपरासीका १६, पाल्पाका १, प्यूठानका २१, बर्दियाका १३, बाँकेका २१, रुपन्देहीका ३, जाजरकोटका १, दैलेखका १० र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्।

मोरङकी ६४  वर्षीया महिला, काठमाडौँका ८७ वर्षीय पुरुष, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १ हजार २ सय ४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १८२ जनाको आईसीयुमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।

यसैगरी मोरङ, सुनसरी, सिराहा, काठमाडौँ, चितवन, मकवानपुर, रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

Related News

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व
सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व
  • २०७७ आश्विन २

कैैलाली – सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक...

TOP