काठमाडौं– २०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहाेरेका नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन्।
कांग्रेस नेता सञ्जय गौतमसँग बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।
उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि आज गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम एक महिलासहित तीनजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।
१८ भदौमा बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।
वामदेव अर्का उम्मेदवार सञ्जय गौतमसँग ७५३ मतले पराजित भएका थिए।
प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि उनले संसदमा जान अन्य बाटाहरु खोजिरहेका थिए।
निर्वाचनमा पराजय भोगेको ३३ महिनापछि भने उनको सांसद बन्ने चाहना पूरा भएको छ।
गौतमले पटक–पटक संसद प्रवेशका लागि पहल गर्दै आइरहेका थिए।
यसबीच उनले काठमाडौंबाट पनि सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उनले चुनाव लड्न खोजेका थिए। तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि उनको त्यो प्रयास पनि सफल भएन्।
हेलिकप्टर दुर्घटनामा परेर तत्काली पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की २ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उनले चुनाव लडन चाहिरहेका थिए। तर, त्यसबेला पार्टीको लोकप्रियता केही खस्केको अवस्था भएकाले आफू पराजित हुन सक्ने भयले उनले चुनाव लडेनन्।
प्रतिनिधिसभामा जाने अनेकौं प्रयास सफल नभएपछि गौतमलाई राष्ट्रियसभामा जान उनी निकटकाले आग्रह गरेका थिए। तर सुरुमा संविधान संशोधन नगरी राष्ट्रिय सभामा नजाने बताएका गौतम नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य भएपछि आफू पनि राष्ट्रिय सभामा जान तयार भए।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि गोरखाबाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि राष्ट्रियसभा सदस्य बनेका हुन्।
२० फागुन २०७६ मा रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा सिफारिसका लागि १४ फागुन २०७६ मा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गर्यो।
तर, त्यसको केहीघण्टामै ओलीले गौतमलाई लैजान नसकिने अडान राखे। ६ महिनासम्म रिक्त राष्ट्रियसभामा सदस्य मनोनीत हुन सकेन।
अहिले आएर पुनः गौतमलाई लैजाने यसअघिकै निर्णयमा नेकपाभित्र सहमति बनेपछि गौतम राष्ट्रियसभाको सदस्य बनेका हुन्।
राष्ट्रिय सभा सदस्य भइसकेपछि अब गौतमले मन्त्रिपरिषद्मा सहभागिताका लागि प्रयास गर्न सक्नेछन्।
यद्यपि उनको मन्त्री बन्ने चाहनामा नेपालको कानून तगारो हुने कानुनका जानकार बताउँछन्।
गौतम यसअघि ०४८, ०५१ र ०७० गरेर तीनपटक प्रतिनिधिसभा सदस्य भइसकेका छन्। त्यस्तै ०५६, ०६४ र ०७४ का निर्वाचनमा भने उनी पराजित भएका थिए।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...