काठमाडौं- नेपाल प्रजातान्त्रिक महासंघ नेपालको सूचना, प्रविधि तथा प्रचार विभाग संयोजकमा वरिष्ठ सञ्चारकर्मी रोजी ढकाल पराजुलीलाई चयन गरिएको छ । महासंघ तथा संगठन विभागको मंगलबार बसेको पदाधिकारी बैठकले महासंघको केन्द्रिय सदस्य समेत रहनु भएका पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय प्रविधि तथा प्रचार विभाग गठन गरेको हो ।
प्रचार विभागको सदस्यमा लामो समय देखि पत्रकारिता क्षेत्रमा काग गर्दै आउनुभएका वरिष्ठ पत्रकारहरु निरज तामाङ, नकुल अर्याल, रिना खनाल र सन्तोषी अधिकारीलाई चयन गरिएको छ । बैठकले संयोजक ढकाल सहित पाँचै जनालाई सर्वसम्मत ढंगले नियुत्त गर्ने निर्णय गरेको महासंघका महासचिव भक्तराज भुषालले जानकारी दिए ।
संयोजक ढकाल नेपाली कांग्रेसको कृयाशिल सदस्य हुन् । उनले नेपाली कांग्रेस काठमान्डौं महानगरपालिका वडा नं २९ को वडा समिति सदस्य भै दोस्रो कार्यकाल सम्म कार्यकाल सम्हाली सकेकी छिन् । उनी लामो समयदेखि टेलिभिजन र अनलाइन पत्रकारितामा आवद्ध छिन् । केही महिना अघि संयोजक ढकाल नेपाल प्रजातान्त्रिक महासंघमा आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त भएकी थिईन् ।
सदस्यमा नियुक्त भएका वरिष्ठ पत्रकार अर्याल पनि करिव डेढ दशकदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । स्थानीय संवाददाता हुदै लामो समय टेलिभिजन पत्रकारिता गर्दे हाल अनलाइन पत्रकारितामा केन्द्रित अर्यालले यसअघि प्रेस यूनियन काठमाडौं शाखाको अध्यक्ष थिए । उनी हाल नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य हुन् ।
त्यस्तै प्रचार विभागको सदस्यमा नियुक्त भएका पत्रकार तामाङ विगत डेढ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा छन् । २०६२–६३ सालदेखि रेडियो हुँदै त्यसयता टेलिभिजन पत्रकारितामा आबद्ध छन् । हिमालय टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल जनता टेलिभिजनमा कार्यरत छन् ।
रेडियोमार्फत पत्रकारितामा सक्रिय खनाल जिल्लामा विभिन्न रेडियो र पत्रीकामा आबद्ध छिन् । उनी पछिल्लो समय अनलाइन पत्रिकामा सक्रिय छिन् । अर्की सदस्य अधिकारी एबिसी टिभिमा समाचार वाचिका हुन् ।
दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...