काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
उनलाई मंगलबार राति चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको हो ।
गत भदौ २३ गते कोरोनालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो । उनलाई गएराति सामान्य ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
मंगलबार राति ८ बजे ओम अस्पतालमा भर्ना भएका कोइरालालाई १०३ डिग्री ज्वरो आएको र आज घटेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...