२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

नेपालमा दुई महिनाको अबधिमा १,६८१ जनाले गरे आत्महत्या : चैत्रयता ३४ सयभन्दा बढी घटना

काठमाडौं- नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ। साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।

गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए। चैतमा लकडाउन महिना सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८ जना, प्रदेश-१ मा एक सय ३० जना, प्रदेश-२ मा ६७ जना, बागमती प्रदेशमा एक सय ६ जना, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश-५ मा एक सय ५३ जना, कर्णाली प्रदेशमा ४५ जना र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन्।  ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन्।

असारमा काठमाडौं उपत्यकामा ७३, प्रदेश-१ मा एक सय ९७, प्रदेश-२ मा एक सय ६०, बागमतीमा एक सय ७२, गण्डकीमा ९०, प्रदेश-५ मा एक सय ६३, कर्णाली प्रदेशमा ४५ र सुदुर पश्चिम प्रदेशमा ७४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पाँच सय १३ पुरुष, ३ सय २७ महिला, ५६ बालक र ७६ बालिकाले आत्महत्या गरेका छन्।

असार र साउनमा मात्र देशभर एक हजार ६ सय ८१ जनाले आत्महत्या गरेका छन् जुन दैनिक औसत २८ जना हुन आउँछ।

चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए। यो दैनिक औसत १७ जना हुन आउँछ।

आर्थिक वर्ष २०७५/०७६ मा देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए जुन दैनिक औसत १६ जना हुन आउँछ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP