धनगढी: डडेल्धुरा सदरमुकाममा व्यवसाय गर्दै आइरहेको एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा जिल्लाको अमरगढी नगरपालिका –५ घरभ भएका एक ६८ वर्षीय वृद्धमा कोरोना भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
उनले आफै रकम तिरेर शनिबार स्वाब दिएका थिए। कोरोना पोजटिभ देखिएपछि संक्रमितलाई डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले बताए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको विष्टले बताए।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...