२०८१ माघ २, बुधबार
January 15, 2025, Wednesday

एक महिना देखि अबरुद्ध खानेपानी काँग्रेस नेता खड्काको पहलमा सुचारु

डोटी – तिखा खानेपानी योजना एकमहिना पछि पुनः सुचारु भएको छ । दिपायल सिलगढी नगरपालिका – १ काे तिखा, गोषेडा र सिर्खोलि गाउँको खानेपानी विगत एकमहिना देखि अबरुद्ध भएपछि स्थानीयलाई खानेपानीको समस्या परेको थियो ।

नेपाली काँग्रेस डोटीका जिल्ला सदस्य युवा नेता जीत बहादुर खड्काको पहलमा एकमहिना देखि अबरुद्ध उक्त खानेपानी योजना पुन: सुचारु भएको हो । नेता खड्काको पहलमा त्यहाँका युवाहरुको जनश्रमदनबाट शुक्रबार पानी सञ्चालन भएको स्थानीयले जानकारी दिए ।

नेता खड्काले खानेपानी मर्मतका लागि चाहिने सामग्री उपलब्ध गराउनुका साथै स्थानीय सँग समन्वय गरेर बन्द रहेको खानेपानी योजना पुन: सुचारु गरेका हुन । पानी पुन: सञ्चालन भएपछि स्थानीयवासीले खुशी ब्यक्त गरे ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७७ भाद्र १९

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP