मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ५ सय ३५ नमुनाको परिक्षण गरिएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा बझाङ बझाङक केदारस्यु गाउँपालिकाका १६ जना,बुंगल नगरपालिकाका १४ जना, बित्थडचिर गाउँपालिकाका २ जना, छबिसपाथिभेरा गाउँपालिकाका २ जना र थलारा गाउँपालिकाका ४ जना रहेका छन् ।
यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका २ जना र बैतडीका ११ जनामा संक्रमण पुष्टि भएको ईन्चार्ज भुषालले बताए । बैतडीका ११ जनामा सिंगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका १ जना रहेको भुषालले जानकारी दिए ।
डोटी – नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष अरुण कुमार बमले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका आर्थिक सहयोग...
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार...
प्रथम पुरस्कार राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ डोटी- केआईसिंह गाउँपालिकामा जिल्ला स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता...