२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

कैलाली- कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरी नायब उपरिक्षक न्यौपानेले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आज बिहान पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई ४ वटैलाई घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवती माथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०७७ भाद्र १४

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP