कैलाली- कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रहरी नायब उपरिक्षक न्यौपानेले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आज बिहान पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई ४ वटैलाई घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवती माथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...