२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

दार्चुलामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या : हत्यारा फरार

दार्चुलाको शैल्यशिखर नगरपालिका–२ देथलामा एक पुरुषको हत्या भएको छ । देथलाका शेरबहादुर चन्दको धारिलो हसिया प्रयोग गरि हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपि पदमबहादुर बिष्टले चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएका छन् ।

चन्दको विहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए । गाँउको स्थानीय होटलमा समान्य विवादपछि हतियारले चन्दको घाँटीमा हिर्काउदा घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यारा भट्ट अहिले फरार रहेको र उनको जिल्ला प्रहरी कार्यालयले खोजि गरिरहेको डिएसपी बिष्टले बताए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ भाद्र १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP