२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

उद्धघाटन गरेको पाँचदिन नपुग्दै बिग्रियो डोटीको पिसिआर मेसिन : कोरोना परीक्षण बन्द

डोटी- कोरोनाको परीक्षणको दायरा बढाउनका लागि जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको पीसीआर मेसिन बिग्रिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले डोटीमा स्थापना गरेको पीसीआर मेसिनको भदौ २ गते मात्रै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका थिए। 

स्थापना भएको एक हप्ता नपुग्दै विद्युत अनियमित हुन थालेपछि पिसिआर मेसिनको ‘फ्यान’ बन्द भएको अस्पतालका निमित्त मेसु प्रकाश ठकुल्लाले बताए। ‘फ्यान बन्द भएपछि परीक्षण रोकिएको छ’, उनले भने, ‘ईन्जिनियरले बिहानैदेखि बनाइरहेका छन्।’

डोटीमा परीक्षण गर्ने गरी संकलन गरिएका स्वाबहरु भने धनगढी पठाएको उनले बताए।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ भाद्र ७

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP