२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

डडेल्धुरामा लास आन्दोलन : सडक बिस्तारको माग

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको सडक चौडा पार्नका लागि दवाब सिर्जना गर्न डडेल्धुराका युवाहरुले सांकेतिक रुपमा ‘लास’ आन्दोलन गरेका छन्। जिल्ला सदरमुकाम बागबजारमा मंगलबार युवाहरुले ‘कोरोनाले मरिन्न बरु सडक चौडा नगरे अकालमा ज्यान जान सक्छ’ भन्दै सडक चौडाको माग गर्दै लास आन्दोलन गरेका हुन।

‘बोलन्या थली’ को आयोजनामा डडेलधुराको सदरमुकाम बजार क्षेत्रको सडक चौडा गर्न दवाब दिन मंगलबार ‘लास ‘ आन्दोलन गरेको उक्त संस्थाका अभियान्ता यादव जोशीले बताए। उनीहरुले बिच सड मै मानिस मरेपछि लास भएको अभिनय समेत गरेका हुन। सदर मुकामकै सडक चौडा नहुँदा पैदल यात्रुदेखि गाडी पास गर्न समेत समस्या हुने गर्दछ। सडक बिस्तारका लागि ४४ करोड बजेट विनियोजित भएको कुरा उल्लेख गर्दै सडक चौडा पार्नमा अवरोध नगर्न समेत स्थानीय व्यपारी तथा घरधनीलाई अनुरोध गरेका छन्।

सडक चौडा नगरिँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएकाले लास आन्दोलन गरिएको बोलन्या थलीका अभियान्ता जोशीले बताए। आन्दोलनकर्ताले बोकेका ब्यानरमा ‘आहा सफा सौन्दर्य र फराकिलो सडक, मत गए है माथी र तिमि बाँच है साथी, सडक चौडा खै, पुगे म त स्वर्ग बरी लै लेखिएका व्यानर समेत प्रदर्शन गरेका छन्।

बागबजार क्षेत्रको सडक विस्तार गर्न बजेट आएपछि केही स्थानीयले आफ्नो घर र जमिन जाने भन्दै मुद्दा हाल्ने गरेका छन। दुई दशक अघि सर्वोच्चको फैसलालले पनि उचित मुआब्जाको व्यवस्था गरी सडक विस्तार गर्ने फैसला गरेको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ श्रावण २७

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP