बाजुरा- धाराबाट पानी ल्याउन गएकी बालिका खोलाले बगाउँदा बेपत्ता भएकी छन् । जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ कवाडी बस्ने पाँच वर्षीया बालिका इशु नेपाली बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकी बालिकाको विच्छ्या प्रहरी चौकीबाट टोली खटिएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
अविरल वर्षाका कारण शुक्रबार विहान खोलामा आएको बाढीले बालिका बगाएर बेपत्ता पारेको प्रवक्ता रोकायाले शिखर समाचारलाई जानकारी दिए ।
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन...