२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बाजुराका नौ वटै स्थानीय तहमा सलह किरा भित्रिए

बाजुरा- बाजुराका नौ वटै स्थानीय तहमा सलह किरा देखा परेका छन् । बाजुराका ९ वटै स्थानीय तहमा सलह किरा आएपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् ।

सलह किराले लगाएको अन्न बाली खान थालेको कृषकहरुले गुनासो गरेका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा पूर्वतिरबाट सलह किरा आएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । सलह किरा आकाशमा हजारौको संख्यामा आएको अध्यक्ष रावतले बताए । सलह किरा आएसंगै किसानले लगाएका कोदो,मकै, र धान लगायतका खन्न बाली सखाप पार्न थालेको अध्यक्ष रावतको भनाई छ ।

यस्तै त्रिवेणी नगरपालिका पनि सलह किरा भित्रिएको नगर प्रवक्ता प्रेम थापाले बताएका छन् । उनले नगरपालिकामा हजारौको संख्यामा सलह किरा आएको र किसानले लगाएका बाली समेत नष्ट पारेको जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार कालिकोट र हुम्ला जिल्लाबाट उक्त किरा भित्रिएको हुन सक्ने बताए । सो किरा भित्रिएपछि लगाएको अन्न बाली खाएर सखाप पार्न थालेको थापाको भनाई छ । पाक्न लागेको बाली सलह किराले खाएर सखाप पार्न थालेपछि कृषकहरु चिन्तित बनेका छन । एकै स्थानीय तहमा हजारौको संख्यामा किरा देखापरेपछि जिल्लामा भोकमरीको सम्भावना बढ्ने स्थानीय तहका जनप्रतिनिधीहरु बताउँछन ।

पुर्वी उत्तरी भेगका चार स्थानीय तहको बुढीनन्दा नगरपालिका,हिमाली,स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा समेत सलह किरा देखा परेको स्थानीयले बताएका छन् ।

जिल्लामा भित्रिएको सलह किरालाइ अन्न बालीमा नबस्न दिनका लागि ड्रम भाँडा बजाउने,आगो बालेर धुवा निकाल्ने, विभिन्न आजावमा कराउने जस्ता कार्य गर्न कृषि ज्ञान केन्द्र बाजुराले कृषकलाई आग्रह गरेको छ ।

उक्त कार्य गर्दा पनि सलह किरा अन्न बालीमा बसेको खण्डमा विहानको समयमा मालाथिन एन वा क्लोरोपाइरिफस नामक औषधी छर्किन स्थानीय तहका कृषि प्राविधिकहरुलाई सुझाव दिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ श्रावण २१

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP