डोटी- डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदिमा बेपत्ता भएका छन् । डडेल्धुराबाट डोटीको शैलेश्वरी दर्शन गर्न आएका उनिहरु नुहाउने क्रममा नदिले बगाउदा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खप्तडछान्ना गाउँपालिका वडा नं. ५ बझाङ घर भएका एचए विनय बहादुर सिंह, परशुराम नगरपालिका डडेल्धुरा घर भएका ल्याव असिस्टेण्ट हरी प्रसाद जोशी बेपत्ता भएका छन् ।
शिखर नगरपालिका वडा नं. १० गहनान स्थित सेती नदिमा नुहाउने क्रममा उनिहरु संगै बगेका एचए खगेन्द्र कुवँरको भने स्थानियले उद्धार गरेका छन् ।
बेपत्ता भएका दुबै जनाको खोजिकार्यका लागि बिभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपि इन्द्रबहादुर मल्लले शिखर समाचारलाई जानकारी दिए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...