२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

लकडाउनमा २,२१८ ले गरे आत्महत्या

काठमाडौं-कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्।

आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो।

११ चैत २०७६ देखि ४ साउन २०७७ सम्मको एक सय १८ दिनमा भएका आत्महत्याका घटनामध्ये दुई हजार २०२ वटा मुद्दा दर्ता गरेको छ।

सबैभन्दा धेरै एक हजार १७२ पुरुषले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्या गर्नेमा ८११ महिला, ९४ बालक र १४१ बालिका छन्।

सबैभन्दा धेरै झुन्डिएर आत्महत्याका एक हजार ८२८ वटा घटना एका छन्। विष खाएर ३४६, आगो लगाएर आत्महत्याका ४ वटा घटना भएका छन्। औजार तथा हतियारबाट ८, हामफालेर १९ करेन्ट लगाएर एक र डुबेर आत्महत्याका १२ वटा घटना भएको नेपाल प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७५÷७६ को ०७५ चैत १ देखि २०७६ असार ३१ गतेसम्म आत्महत्याका दुई हजार २६७ घटना भएका थिए। सबैभन्दा धेरै झुन्डिएरै एक हजार ७२८ ले आत्महत्या गरेका थिए।

विष खाएर ५००, आगो लगाएर ६, औजार तथा हतियारबाट ६, हामफालेर १७ र डुबेर १० जनाले आत्महत्या गरेका थिए।

सबैभन्दा धेरै एक हजार २३२ पुरुष, ८४२ महिला, ९५ बालक र १०५ बालिकाले आत्महत्या गरेका थिए।

प्रहरीले लकडाउनमा भएका आत्महत्याका घटना र अघिल्लो आर्थिक वर्षको चैतदेखि असारसम्मको तुलनामा मुद्दा दर्ताको संख्या २.१६ प्रतिशतले कमी आएको बताएको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ श्रावण १०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP