२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीश सपना मल्ललाई महाभियोग लगाएर जेल चलाउन गर्न उनीहरूले माग गरेका छन्।

पूर्वडिआइजी रञ्जन कोइरालाको केस र बुढानिलकण्ठमा भएको हिट एण्ड रन केसमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नागरिक समाजले विरोध जनाएको हो।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ श्रावण १०

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP