२०७७ मंसिर ९, मंगलवार
November 24, 2020, Tuesday

अछाम पुगे डाक्टर केसी : बयालपाटा अस्पतालमा निःशुल्क सेवा दिने

अछाम– डाक्टर गोबिन्द केसी अछाम आईपुगेका छन । सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पुगेर सेवा दिईरहेका डा. केसी बाजुरा पछि अछाम आईपुगेका हुन । शुक्रबार साँझ अछाम पुगेका डाक्टर केसी २ दिन बयालपाटा अस्पतालमा रहने अस्पतालले बताइएको छ ।

अस्पतालमा रहँदा डाक्टर केसीको अनुभब र हार्डजोर्नी सम्बन्धी केही सिकाईका लागि उहाँलाई आग्रह गरिने अस्पतालका हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दीप पाठकले बताए ।

दुर्गममा हार्डजोर्नी (ट्रमा) को सेवालाई कसरी सहज र गुणस्तरिय बनाउन सकिन्छ भन्ने बिषयमा पनि डाक्टर केसी संग सुझाब सल्लाह गरिने बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

अछाम पछि डाक्टर केसी मंगलसेन हुदैँ कालिकोट जाने कार्यक्रम रहेको बताईएको छ । निशुल्क स्वास्थ्य सेवा दिनका लागी सुदूरपश्चिम पुगेका डा. केसी केहि दिन पहिले औषधि सहित बाजुरा जिल्लाको कोल्टि र हुम्लाको मैला पुगेका थिए ।

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा डडेल्धुरा बाट बाजुरा हुदैँ अछाम पुगेका हुन । डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए ।

बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अनियमितताको विरोध तथा दुर्गममा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेका थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

Related News

बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
बझाङमा स्थापित एसियाकै पहिलो हाते कागज उद्योग धराशायी
  • २०७७ असार २६

बझाङ- दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था ‘फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)’ बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग धराशायी भएको छ ।...

कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
कोभिड खोप खरिद गर्न ७० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ : डा. ज्ञवाली
  • २०७७ असार २६

नेपालमा कोरोना विरुद्धको खोप आयात गर्नका लागि राष्ट्रपतिले भर्खरै अध्यादेश पास गरेकी छिन् । अध्यादेश पास गरेसँगै खोप खरिदका लागि...

कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
कमेडियन भारती र हर्ष लागुऔषध प्रकरणमा पक्राउ
  • २०७७ असार २६

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले...

TOP