२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

पहिरोमा पुरिएर डोटीका ६ महिने शिशुको मृत्यु : आमा गम्भीर घाइते

डोटी- डोटीमा पहिरोमा पुरिएर एक शिशुको ज्यान गएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोमा पुरिएर ज्यान गएको हो ।

आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि मृतक शिशुकी २५ वर्षिया आमा देबा नेपाली गम्भीर घाइते भएकी छन् ।

घाइते देबाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन् ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार २१

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP