२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

कैलाली र डडेल्धुरामा सलह किरा

धनगढी – सुदूरपश्चिममा सोमबार सानो संख्यामा प्रवेश गरेको सलह प्रदेशका विभिन्न जिल्लामा पुगेको छ । सोमबार कैलालीका केही स्थानमा देखिएको सलह बिस्तारै सुदूरपश्चिम प्रदेशका कैलालीका बिभिन्न ठाउँ र डडेल्धुरामा समेत देखा परेको छ ।

गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका अनुसार मंगलबार साँझसम्म सलह किरा सुदूरपश्चिमका कैलाली र डडेल्धुरा जिल्लामा पुगेको हो ।

सलह किराको प्रभाव हेर्नका लागि कैलाली जिल्लामा मंगलबार कृषि प्राविधिकको टोली समेत खटाइएको थियो । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका क्षेत्रमा सोमबार सलह किरा देखिएको बताउँदै उनले भने, ‘कैलालीमा देखिएको सलह किरा झुण्डमा छैन् । झुन्ड टुक्रिएर फैलने क्रम जारी भने जारी छ ।’

उनले स–सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएको बताए । डडेल्धुरामा देखिएको सलहको झुन्डमा ४ सयदेखि ५ सय सलह छन् । यी सलह सबै झाडी तथा वन क्षेत्रहरूमा बास बसेका छन् । सलह सूचना केन्द्रका अनुसार यी झुन्डहरू खेतबारीमा बसेका छैनन् ।

असार १४ गते कपिलवस्तुमा देखिएको झुन्ड दाङ हुँदै प्युठान, अर्घखाँची पुगेको र उक्त झुन्ड टुक्रिएर कैलाली र डडेल्धुरामा पुगेको हुनसक्ने अनुमान निर्देशक जोशीको छ ।

सोमबार कैलालीको बर्दगोरिया, लम्कीचुहा, कैलारी गाउँपालिकाका विभिन्न स्थानमा स–सानो झुण्डमा सलहको बथान भेटिएको सुदूरपश्चिम प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले बताए ।

उनका अनुसार कैलाली भित्रिएको सलह हावाको वेग संगै तितरवितर भएर आएको देखिन्छ । स–सानो झुण्डमा देखापरेको सलह किराबाट धेरै डराउनु पर्ने अवस्था भने नरहेको बताउँदै उनले भने, ‘तर किसानले सतर्क भएर बस्नुपर्छ ।’ सलह व्यवस्थापनका लागि प्रदेश स्तरमा निर्माण गरिएको समिति देखिएका ठाउँमा पुग्ने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा सलह व्यवस्थापनका लागि कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा समिति गठन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सलहको मुल्य यस अघि नै प्रति किलो २५ रुपैयाँ तोकिसकेको छ ।

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ असार १७

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP