२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

बाजुराको बुढिगङ्गा नगपालिकाका सबै क्वारेन्टाइनमा खाद्यान्न सामग्री वितरण

बाजुरा- कोरोना भाइरस( कोभिड -१९)ले यति बेला बिश्व नै आक्रान्त बनेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्य जाँच तथा क्वारेण्टाइन व्यवस्थापनमा निकै समस्या देखिएको छ । लाखौंको संख्यामा भारतबाट सुदूरपश्चिमेलीहरु स्वदेश फर्के पछि कोरोनाको जोखिम निकै बढेको छ । भरपर्दो स्वास्थ्य परिक्षण नहुँदा, क्वारेण्टाइन व्यवस्थित नहुँदा जोखिम उच्च बनेको छ ।

स्थानिय सरकारलाई क्वारेण्टाइन र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यसै बीच समाज सेवी भक्तराज जोशी खाद्यान्न सामग्री सहित बाजुरा पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजीक कार्यमा सहयोग गर्दै आएका छन् । ।

सोमबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत १०जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत बुढिगङ्गा नगर पाकिलाका सबै क्वारेन्टाइनमा खाद्यान्न सामग्री वितरण गरेका छन् ।

अध्यक्ष जोशीले बुडिगङ्गा नगर पालिकालाई २५क्वीन्टल चामल, ३क्वीन्टल दाल, तोरीको तेल ४ पेटी , सय किलो अायाेडिन नुन र ४ पेटी साबुन वितरण गरेका छन् । उक्त खाद्यान्न सामग्री बुडिगङ्गा नगरपालीकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले बताए ।

यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएकाे खाद्यान्न सामग्रीले आफुहरुलाइ ठुलो सहयोग पुग्ने बुडिगङ्गा नगरपालीकाका नगर प्रमुख शाहले बताए ।
खाद्यान्न सामग्री क्वारेण्टाइनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार १६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP