२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

क्वारेन्टिनबाट घर पठाइएका युवकको १३ दिन पछि मृत्यु

धनगढी– कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ।

जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी ल्याइएको उनले बताए।

जेठ १५ गते भारतबाट आएका उनी २८ गते श्रीमती र छोरीसंगै क्वारेन्टिनबाट घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिन बसेका थिए। गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले ती युवामा किडनीको गम्भिर समस्या रहेको बताए।

यसअघि सोमबार मात्रै १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका ७ का ३६ वर्षीय युवकको मृत्यु भएको थियो। उनको स्वाब परिक्षणका लागि धनगढी ल्याइएको तर रिपोर्ट आइनसकेकाले अहिले पनि उनको शव मृत्यु भएको ठाउँमै रहेको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ असार ९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP