२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु

कैलाली कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको अहिले साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रतिक बिष्टले क्वारेन्टिनबाट हिजो मात्रै घर पठाईएका उनको आज मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो।

मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको बताउँदै उनले शव व्यवस्थापन बारे छलफल भइरहेको बताए।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ असार ९

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP