कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको अहिले साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रतिक बिष्टले क्वारेन्टिनबाट हिजो मात्रै घर पठाईएका उनको आज मृत्यु भएको जानकारी दिए।
उनका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाईएको थियो।
मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी भईरहेको बताउँदै उनले शव व्यवस्थापन बारे छलफल भइरहेको बताए।
डडेल्धुरा- अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको...