२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

ह्युमानिटी फाउण्डेसनले डडेल्धुराका लागि पिसीआर मेसन पठायो

धनगढी : डडेल्धुराका लागि ह्युमानिटी फाउण्डेसन नेपालले खरिद गरेको पीसीआर मेसिन ट्रक मार्फत ल्याउन लागिएको छ। फाउण्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौँबाट ट्रक आईरहेको जनाएको छ।

ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौँबाट हिडेकाले आज बेलुका सम्म सुदूरपश्चिम पुग्ने बताए।

उनका अनुसार उक्त पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ। अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पीसीआर मेसिन जडान गरी एक हप्ता भित्र  कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिए।

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ असार ६

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP