२०७७ माघ ७, बुधबार
January 20, 2021, Wednesday

कैलालीमा क्वारेन्टिनबाट घर गएका ३१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा घोडाघोडीका २० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु १० दिन अघि नै क्वारेन्टिनबाट घर फर्किसकेका छन् ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा पनि ११ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए । उनीहरु पनि क्वारेन्टिनबाट ११ दिन अघि नै घर गैसकेका छन् ।

आज ११ जना नयाँ संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । नगरपालिकाले आइसोलेसनमा रहेका ७० जनाको स्वाव संकलन गरी एक साता अघि नै घर पठाएको थियो ।

Related News

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
  • २०७७ असार ६

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
  • २०७७ असार ६

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुर बुवा नाता पर्नेबाट किशोरी...

खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
  • २०७७ असार ६

कैलाली – चिसोमा हिउ खेल्न सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा तिन सय पर्यटक भित्राउने योजना सहित भिजिट खप्तड हेलि टुर अभियान...

TOP