२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित : नयाँ नक्साको स्वागतमा दीपावली

काठमाडौं- प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ। विधेयकमा मतदान हुँदा पक्षमा २५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मतदान भएको थियाे। २७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित सबै २५८ जनाले पक्षमा मतदान गरेका थिए। मत परिणाम घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटाले विधेयक दुइ तिहाइभन्दा बढी मतले पारित भएकाे बताए।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन प्रस्ताव ल्याइएको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। विभिन्न दलका शीर्ष नेताले प्रस्तावको समर्थन गरेका थिए।

भारतले हडपेको भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सा संविधान तथा निशान छापमा समावेश गर्न संविधान संशोधन भएको खुसीयालीमा दीपावली गरिएको छ।

आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।

सुदूरपश्चिममा पनि दिप प्रज्वलन

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको खुशियालीमा कञ्चनपुरमा पनि दिप प्रज्व लन गरिएको छ। शनिबारको प्रतिनिधि सभा बैठकले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको भन्दै जिल्लाको पुनर्वासमा दिप प्रज्वलन गरिएको हो।


यसै खुशियालीमा पुनर्वास नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गरिएको छ। त्यस अवसरमा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा विष्ट, नगरप्रवक्ता भारमल सुनार लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियोे। 

शनिबार बेलुकी पुनर्वासका युवाहरूले स्थानीय आईबिआरडी बजारको सहिद गेटमा भेला भई संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दिप प्रज्वलन गरेका छ्न्। त्यस अवसरमा युवाहरूले नाराबाजी समेत गरेका थिए। पुनर्वासका युवाहरु हेमन्त रेग्मी, हिमेश थापा, अञ्जली केसी, रुपेश बिक, सुदिप रोकाया,सरोज बराल लगायत नगरवासीहरुको उल्लेख्य उपस्थिति थियोे।

 प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा कैलालीमा दिप प्रज्वलन गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा कैलालीमा दिप प्रज्वलन गरिएको छ।


 कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ को शंकर माध्यामिक विद्यालयमा दिप प्रज्वलन गरिएको हो।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ को शंकर माध्यामिक विद्यालयमा दिप प्रज्वलन गरिएको हो।


क्वारेन्टिनमा रहेकाहरुले दिप प्रज्वलन गरेका हुन्।

क्वारेन्टिनमा रहेकाहरुले दिप प्रज्वलन गरेका हुन्।



Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७७ जेष्ठ ३२

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP