२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

रहेनन् दार्जिलिङका नाटककार अर्जुन

सिलिगुडी — दार्जिलिङका अग्रज नाटककार तथा चिन्तक पी. अर्जुनको शनिबार अपरान्ह ७७ वर्षको उमेरमा निधन भएको छ । दुई दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई सिलिगुडीको नर्सिङ होममा भर्ना गरिएको थियो । लामो समयदेखि दमबाट पीडित उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

अर्जुन साहित्यकार, नाटककार मात्रै थिएनन्, पूर्वप्रशासक पनि थिए । १० मार्च १९४७ सालमा दार्जिलिङमा जन्मिएका उनका ‘हाँस्दै जल्नुपर्छ’, ‘पहाडकी रानी’ र ‘अचानो’ नाटक कृति प्रकाशित छ । कविता र गीत लेखनमा पनि चर्चित मानिन्छन् ।

छुट्टै राज्य गोर्खाल्यान्ड प्राप्तिको आन्दोलनका एक योद्धासमेत रहेका उनी गोर्खा केही समयअघि गोर्खा जनमुक्ति मोर्चा नामक राजनीतिक पार्टीमा आबद्ध पनि भए । तर, पछिल्लो समय भने उनी कुनै दलसँग नजिक थिएनन् । उनी सन् २००७ मा विमल गुरुङले नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा पार्टीनिकट ‘स्टडी फोरम’ का सदस्य थिए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ आश्विन २०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP