२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

बजारमा मल तथा बिउबिजन नपाउदा कृषक समस्यामा

धनगढी- कैलालीमा किसानलाई रसायनिक मल तथा बिउबिजन पाउन समस्या भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण आवश्यक मलखाद र विउँ पाउन समस्या भएको हो ।

कैलारी गाउँपालिका वडा नं. ८ दुधियाका भलमन्सा राजाराम चौधरीले भने– ‘यो वर्षको मौसममा निकै परिबर्तन भएको छ, पानी परीरहेको छ तर मल र बिउको अभाव छ।’ किसानहरुलाई धानको वीउ छर्न निकै हतार भइसकेको भए पनि रासायनिक मल उपलब्ध नहुँदा समस्या भएको उनले बताए ।

घोडाघोडी नगरपालिका वडा नंम्बर ५ राजिपुरका बाधुराम चौधरीले भने–‘यो बर्ष बर्खा चाडै लाग्‍ने जस्तो छ तर बैशाखको अन्तिममा सधै धान को बीउ राख्ने गर्दथ्यौं, यो बर्ष लकडाउनका कारण न त गाउँ घर तिरका सहकारी, नत भारतीय बजारबाट रासायनिक मल ल्याउन सकिने अवस्था छ, जसका कारण बिउ राख्न समस्या भएको छ ।’ उनले मल र बिउ नपाएपछि खेतमा बिउ राख्न समस्या भएको बताए ।

घोडाघोडी नगरपालिका ३ का बिहारी लाल चौधरीले पायक परेका सहकारी सस्थामा बिहान ४ बजे देखि साझ ६ बजेसम्म लाइन बस्दा पनि मल नपाएर फर्किएको दुखेसो गरे ।

गौरीगंगा नगरपालिकामा रहेको नवज्योति सहकारी सस्थाले आफना सहकारी सेयर सदस्यहरूलाई रसायनिक मल बाँडेको भएपनि सहकारी सस्थाका सेयर सदस्य नभएका किसान भने रसायनिक मल पाउनबाट बन्चित भएका छन् ।

कृषि सामाग्री केन्द्र धनगढी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कैलालीका विभिन्न सहकारीहरु मार्फत रसायनिक मल बितरण गर्ने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफुहरुसँग स्टकमा भएको मलहरु विक्री गरेको बताए । दुबै सस्थाले रसायनिक मलको अभाव हुन नदिने दाबी गरे पनि कृषकले भने मल नपाएको गुनासो गरिरहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि चैत ११ गते देखि जारी लकडाउनका कारण पछिल्लो समयमा कृषकलाई समस्या भएको छ । लकडाउनका कारण धेरै जसो कृषकले अन्नबाली समेत भित्रयाउन पाएका छैनन् ।

कृषि सामाग्री केन्द्र धनगढीले कैलालीमा एक हजार ८० मेट्रीक टन युरिया, एक हजार दुई सय ४९ मेट्रीक टन डिएपि र ६८ मेट्रीक टन पोटास जिल्लामा रहेका विभिन्न सहकारी मार्फत बितरण गरिएको केन्द्रका धनगढी प्रमुख नवल सिह बोगटीले जानकारी दिए।

उनले भने–‘कृषकलाइ आवश्यक पर्ने रसायनिक मल कमि हुन दिदैनौ, लकडाउनमा पनि कृषकलाई मलको कमी हुन नदिन लागिरहेका छौं।’

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ बैशाख ३१

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP