२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी

कैलाली– कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को कार्यालयमा आर्थिक पारदर्शिता र जबाफदेहिताको कमी रहेको आरोप लगाउँदै विद्यार्थीहरूले हिजो (आइतवार) तालाबन्दी गरेका हुन।

विद्यार्थीका समस्या समाधानका लागि गठित सङ्घर्ष समितिका संयोजक तेज बहादुर मल्लको नेतृत्वमा आज क्याम्पस प्रमुख तोय राज भट्ट, सहायक क्याम्पस प्रमुख लोक बहादुर बिस्ट र प्रशासन प्रमुख डिलबहादुर धामीको कार्यकक्षमा पनि ताला लगाइएको छ ।

सङ्घर्ष समितिका संयोजक मल्लले स्ववियुमा तालाबन्दी गर्दा क्याम्पस प्रमुखले विद्यार्थीको नैतिकतामाथि माथि प्रश्न उठाएपछि क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरिएको बताए । उनले भने ‘हामीले स्ववियुमा ताला लगाएका थियौ । यसमा क्याम्पसको कुनै सरोकार थिएन । तर क्याम्पस प्रमुखले स्ववियुको मुख पत्र भएर हामि माथि नैतिक प्रश्न उठाउनु भयो । त्यसैले उहाँ लगायतको कार्यकक्षमा ताला लगाएका हौ ।’

मल्लले क्यामपस प्रमुखले आफ्नो गल्ति स्वीकार्दै विद्यार्थीसंग सार्वजनिक रुपमा माफि मागेपछि मात्रै ताला खोल्ने बताए ।

यसअघि पनि स्ववियुको आर्थिक पारदर्शिताका लागि क्याम्पस प्रशासनलाई लिखित,मौखिक रूपमा विद्यार्थीले अवगत गराएका थिए । त्यसको सुनुवाइ नभएको कारण विद्यार्थी समूहले स्ववियु कार्यालयमा तालाबन्दी गरेको मल्लको भनाइ छ ।

समस्या समाधानका लागि सङ्घर्ष समितिले क्याम्पस प्रमुखलाई सम्बोधित गर्दै अनुरोध पत्र बुझाएको थियो । उक्त पत्रमा स्ववियु निर्वाचन भएको झन्डै एक वर्ष ६ महिना बितिसक्दा पनि सहमति अनुसारका कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ ।

घटनाप्रति स्ववियुका अध्यक्ष यमराज जोशीले पनि आवश्यक कारबाही गर्न क्याम्पस प्रमुख तोयराज भट्टलाई पत्राचार गरेका छन् । क्याम्पस प्रमुख भट्टले यस घटनामा संलग्न विद्यार्थीहरूलाई प्रमाण सहित उपस्थित हुन आग्रह गरेका छन् । उपस्थित नभए क्याम्पस नियमानुसार कारबाही गरिने समेत भट्टले चेतावनी दिएका छन्।

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ श्रावण २८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP