२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बजारसम्म लैजान सडक नहुँदा खेतमै छन् बाजुराका स्याउ

बाजुरा– स्याउ खेतिको प्रवल सम्भावना भएको सुदूरपञ्चिम प्रदेशको एक मात्र जिल्ला हो बाजुरा । यति बेला जिल्लाको बुढीनन्दा नगरपालिका वडा ९ पाण्डुसैनमा रहेको साहारा स्याउ फर्ममा लटरम्म स्याउ पाकेका छन्। यातायातको व्यवस्था नहुँदा बारीमा फलेको स्याउले उचित मुल्य पाउन सकेको छैन। फलेको स्याउ बजारसम्म पुर्‍याउन नसक्दा झरेर कुहिन थालेको छ।

बुढीन्नदा नगरपालिका वडा ९ अंगाउपानीमा करिब तीन हेक्टर जमिनमा ३० हजार बढि स्याउको खेति गरेको र तीमध्ये २० देखि २५हजार बोटबाट स्याउको फल्न थालेको साहारा स्याउ फर्मका सञ्चालक उज्जल रावतले बताए । यहाँ उत्पादन गरेको स्याउलाइ बिक्रीका लागि स्थानीय बजार कोल्टी,मार्तडी पिलुचौर लगाएतका विभिन्न स्थानमा लैजाने गरिएको छ। तर यतिबेला भने स्थानीय बजारसम्म पुर्‍याउनको लागि सडकको व्यवस्था नहुँदा समस्या भएको छ।

मार्तडी कोल्टी राजमार्ग असारको पहिलो हप्तादेखि अविरल वर्षाका कारण अवरुद्ध छ। सडक अवरुद्ध हुँदा बारीमा फलेका स्याउ बजारसम्म पुर्‍याउन नपाएको रावतले गुनासो गरे ।

मार्तडी कोल्टी राजमार्ग सुचारु भएको भए आफुहरूलाइ स्याउ बजारसम्म लैजान सजिलो हुने उनी बताउछन्। वर्षाले अवरुद्ध भएको मार्तडी कोल्टी राजमार्ग र कर्णाली करिडोर अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन।

 

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०८१ श्रावण १९

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP