२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा– डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा एक चितुवा मृत अवस्थामा फेला परेको हो।

चितुवा मृत फेला परेको ठाउँमा जाँचबुझका लागि जिल्ला वन कार्यालय डडेल्धुराको टोली पुगेको छ।

चितुवा कसरी मर्यो भन्ने एकिन नभएपनि बदेलले हानेर मृत्यु भएको आशँका गरिएको हो। केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP