२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

आसयपत्र पाएका २२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

काठमाडौं– संसदीय समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आसयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।

आसयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पुगेको छ।

‘प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌को बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, सर्त र प्रक्रिया पूरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेस गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्र भित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ समितिले निर्णय गरेको छ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण १७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP