२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

जोशीपुरमा ६ मिटर लामो अजिङ्गर फेला

धनगढी– कैलालीको जोशीपुर गाउँपालिका– ३ मा करिब ६ मिटर लामो अजिंगर फेला परेको छ । वडाको भिटरैयास्थित हरियाली सामुदायिक बनमा आईतबार अजिंगर फेला परेको हो ।

उक्त अजिंगर करिब २५ किलो तौल भएको बताईएको छ । वयस्क अवस्थाको उक्त अजिंगरले अघिल्लो दिन १०/१२ किलो बराबरको बाख्रा समातेको स्थानियहरुले बताएका छन । बर्खाको समयमा नदीमा बाढी आउने हुँदा उक्त अजिंगर पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ ।

अजिङ्गर फेला पर्ना साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन वन कार्यालय भजनीलाई जानकारी गराएका हुन । उक्त अजिङ्गरलाई उद्धार गरी सुरक्षीत स्थानमा लागिएको छ ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ श्रावण १४

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP