२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं– क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गएको छ।

नचिनेका समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एक जनाको ज्यान गएको हो।

घटनामा अरु धेरै घाइते भएका छन्। यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार गोली हान्ने व्यक्ति सेवा निवृत्त सैन्य प्रहरी अधिकारी रहेका छन्।

गएकोवर्ष छिमेकी देश सर्बियामा गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो। प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गरि थप घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आह्वान गरेका छन्।

 

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८१ श्रावण ८

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP