२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

सरकारले आर्थिक शिथिलता चिर्दै रोजगारी सृजनामा ध्यान दिनेछ: सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले देश विकासका लागि काम गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन सम्बोधन गर्दै देउवाले स्थिर र मजबुत सरकार निर्माणपछि विकास निर्माणको कामलाई जोड दिने बताएका हुन् ।

‘वर्तमान सरकारले आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ,’ देउवाले भने, ‘दिगो शान्ति कायम गर्दै गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीको अवसर सृजना गर्नेछ ।’ यसबाट राजश्व सङ्कलन बढेर जनचाहना बमोजिमका विकास निर्माणका काम गर्न सकिने देउवाको भनाई छ ।

यसबाहेक भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान समेत यो गठबन्धनले काम गर्ने कांग्रेस सभापति देउवाले बताए ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण ६

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP