काठमाडौं– नारागणगढ–मुग्लिन सडकको सिमलताल पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता दुईवटा बस र तिनमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ।
भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
गत असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोसँग त्रिशूलीमा बगेका थिए।
दुई बसमा गरी ६५ यात्रुमध्ये तीनजना मात्र बाँच्न सफल भए भने ६२ जना बेपत्ता भएका थिए।
आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ।
अझै ३७ यात्रु र दुईवटै बसको अवस्था अज्ञात छ।
मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...