२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

बंगलादेश हिंसाः ८ सय नेपाली विद्यार्थी स्वदेश फिर्ता, थप १७ जना आज फर्कँदै

काठमाडौं– जारी हिंसात्मक आन्दोलनका कारण ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत ८ सय विद्यार्थीले हवाइ तथा स्थलमार्गमार्फत् बंगलादेश छाडिसकेको जानकारी दिएको हो ।

मन्त्रालयले ढाकास्थित दूतावासले सीमाविन्दू र विमास्थलमा नेपाली विद्यार्थीको फिर्तीलाई सहजीकरण गरिरहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

यस्तै सुरक्षित महसुस गरेका थप १७ नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट काठमाडौं ल्याइने जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । विद्यार्थीका परिवारसँगको छलफलपछि उनीहरुलाई नेपाल फर्काउन लागिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीका लागि पनि परराष्ट्र मन्त्रालयले अनलाइनमार्फत फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण ६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP